Laptop and smartphone showing NetID login prompt. DUO logo.

आफ्नो Duo मोबाईल app लाई मार्च ३१ तारिख भित्रमा अपडेट गर्नुहोला

This is a नेपाली/Nepali-language translation. For language support in Nepali, email Cultural Linguistic Services at nepali-cls@wisc.edu.

UW–‍Madison का सबै विद्यार्थीहरू तथा कर्मचारीहरूले आफ्नो Duo मोबाईल app मार्च ३१ तारिख भित्रमा अपडेट गर्नुपर्नेछ । तपाईंको ईमेल, Canvas पाठ्यक्रम, Zoom बैठक, समय, तलब र थप कुरा समावेश हुने UW–‍Madison का अत्यावश्यक प्रणालीहरू कायम राख्न आफ्नो मोबाईल app आज अपडेट गर्नुहोला ।

के हुँदैछ: सुरक्षा बढाउनका लागि, Duo Security ले आफ्ना पुराना संस्करणका app हरूलाई समर्थन गर्न छोड्नेछ । मार्च ३१, २०२६ पछि, app का पुराना संस्करणहरू NetID multifactor पुष्टीकरणका लागि काम गर्न छाड्नेछन् ।

आफ्नो Duo Mobile app अपडेट गर्नुहोला

  1. App Store खोल्नुहोस् (iPhone वा iPad मा) अथवा Play Store (Android मा)
  2. Duo Mobile” खोज्नुहोस्
  3. Duo Mobile को छेउमा रहेको Update मा थिच्नुहोस्
  4. अपडेट डाउनलोड भएर install हुन दिन पर्खनुहोस्
  5. काम गर्छ कि गर्दैन जाँच्न app खोल्नुहोस्

iOSiPadOS को लागि Duo Mobile डाउनलोड गर्नुहोस्

Android को लागि Duo Mobile डाउनलोड गर्नुहोस्

यदि तपाईंले app अपडेट गर्न सक्नुभएन भने

तपाईंको फोनको operating system धेरै पुरानो हुन सक्छ । Duo Mobile मोबाईल app को लागि यी कुराहरू आवश्यक हुन्छन्:

  • iPhoneiPad: iOS 16 वा नयाँ
  • Android: Android 12 वा नयाँ

आफ्नो सफ्टवेयरको संस्करण कसरी जाँच्ने:

  • iPhone: Settings मा जानुभएर, General, About, अनि iOS Version मा थिच्नुहोस्
  • Android: Settings मा जानुभएर, About Phone, अनि Android Version मा थिच्नुहोस्

यदि तपाईंको फोन अपडेट गर्नको लागि धेरै पुरानो छ भने

तपाईंसँग तीनवटा चयनहरू छन्:

  1. माथिका आवश्यकता पूरा गर्ने बेग्लै फोन वा tablet चलाउनुहोस्
  2. मार्च ३१ तारिख अघि ब्याकअप passcode हरू बनाउनुहोस् (ब्याकअप passcode हरू बनाउने निर्देशनहरू)
  3. आफ्नो Human Resources कार्यालय, IT विभाग वा DoIT Help Desk सँग Duo को चाबीमा झुण्ड्याउने key fob माग्नुहोस्

कसरी सहयोग पाउने

DoIT Help Desk लाई सम्पर्क गर्नुहोस्:

सांस्कृतिक भाषागत सेवा (Cultural Linguistic Services) मार्फत नेपाली भाषामा अनुवादन सेवा अनुरोध गर्नुहोस्:

Duo Mobile app
मार्च ३१, २०२६ पछि काम गर्नको लागि तपाईंको Duo Mobile app को संस्करण 4.85.0 भन्दा बढी हुनुपर्दछ ।

धेरै सोधिएका प्रश्नहरू

मैले अपडेट गरिनँ भने के हुन्छ ?

मार्च ३१ तारिख पछि, तपाईंले Duo Mobile app मार्फत multifactor पुष्टीकरण चाहिने विश्वविद्यालयको प्रणालीहरूमा लग ईन गर्न नसक्नुहुन सक्छ । तपाईंले ब्याकअप passcode हरू वा Duo को चाबीमा झुण्ड्याउने key fob चलाउनुपर्ने हुनसक्छ ।

मैले मेरो app को संस्करण कसरी हेर्न सक्छु ?

  1. आफ्नो मोबाईलमा Duo Mobile app खोल्नुहोस्
  2. माथिल्लो देब्रे कुनामा रहेको menu icon (तीनवटा तेसो धर्काहरू) मा थिच्नुहोस्
  3. App को संस्करण नम्बर तल्लो देब्रे कुनामा देखिन्छ
  4. यदि त्यहाँ 4.85.0 भन्दा पुरानो संस्करण देखिन्छ भने, अब अपडेट गर्नुहोस्

नोट: संस्करण नम्बरहरू अचम्मका हुन सक्छन् । उदाहरणको लागि संस्करण 4.104.0 संस्करण 4.85.0 भन्दा नयाँ हुन्छ, अगाडिको अङ्क उस्तै देखिए पनि ।

के मैले मेरो हालको फोन चलाईराख्न पाउँछु ?

Duo Mobile app को आवश्यकता पूरा गर्न सकुञ्जेल तपाईंले आफ्नो फोन चलाउन सक्नुहुन्छ ।

मैले app अपडेट गरेपछि के गर्नुपर्दछ ?

केही पनि पर्दैन । तपाईं तयार हुनुहुन्छ ।