This is a नेपाली/Nepali-language translation. For language support in Nepali, email Cultural Linguistic Services at nepali-cls@wisc.edu.
UW–Madison का सबै विद्यार्थीहरू तथा कर्मचारीहरूले आफ्नो Duo मोबाईल app मार्च ३१ तारिख भित्रमा अपडेट गर्नुपर्नेछ । तपाईंको ईमेल, Canvas पाठ्यक्रम, Zoom बैठक, समय, तलब र थप कुरा समावेश हुने UW–Madison का अत्यावश्यक प्रणालीहरू कायम राख्न आफ्नो मोबाईल app आज अपडेट गर्नुहोला ।
के हुँदैछ: सुरक्षा बढाउनका लागि, Duo Security ले आफ्ना पुराना संस्करणका app हरूलाई समर्थन गर्न छोड्नेछ । मार्च ३१, २०२६ पछि, app का पुराना संस्करणहरू NetID multifactor पुष्टीकरणका लागि काम गर्न छाड्नेछन् ।
आफ्नो Duo Mobile app अपडेट गर्नुहोला
- App Store खोल्नुहोस् (iPhone वा iPad मा) अथवा Play Store (Android मा)
- “Duo Mobile” खोज्नुहोस्
- Duo Mobile को छेउमा रहेको Update मा थिच्नुहोस्
- अपडेट डाउनलोड भएर install हुन दिन पर्खनुहोस्
- काम गर्छ कि गर्दैन जाँच्न app खोल्नुहोस्
यदि तपाईंले app अपडेट गर्न सक्नुभएन भने
तपाईंको फोनको operating system धेरै पुरानो हुन सक्छ । Duo Mobile मोबाईल app को लागि यी कुराहरू आवश्यक हुन्छन्:
- iPhone र iPad: iOS 16 वा नयाँ
- Android: Android 12 वा नयाँ
आफ्नो सफ्टवेयरको संस्करण कसरी जाँच्ने:
- iPhone: Settings मा जानुभएर, General, About, अनि iOS Version मा थिच्नुहोस्
- Android: Settings मा जानुभएर, About Phone, अनि Android Version मा थिच्नुहोस्
यदि तपाईंको फोन अपडेट गर्नको लागि धेरै पुरानो छ भने
तपाईंसँग तीनवटा चयनहरू छन्:
- माथिका आवश्यकता पूरा गर्ने बेग्लै फोन वा tablet चलाउनुहोस्
- मार्च ३१ तारिख अघि ब्याकअप passcode हरू बनाउनुहोस् (ब्याकअप passcode हरू बनाउने निर्देशनहरू)
- आफ्नो Human Resources कार्यालय, IT विभाग वा DoIT Help Desk सँग Duo को चाबीमा झुण्ड्याउने key fob माग्नुहोस्
कसरी सहयोग पाउने
DoIT Help Desk लाई सम्पर्क गर्नुहोस्:
- help@doit.wisc.edu मा ईमेल पठाउनुहोस्
- 608-264-4357 मा फोन गर्नुहोस्
सांस्कृतिक भाषागत सेवा (Cultural Linguistic Services) मार्फत नेपाली भाषामा अनुवादन सेवा अनुरोध गर्नुहोस्:
- nepali-cls@wisc.edu मा ईमेल पठाउनुहोस्
- 608-262-7521 मा फोन गर्नुहोस्

धेरै सोधिएका प्रश्नहरू
मैले अपडेट गरिनँ भने के हुन्छ ?
मार्च ३१ तारिख पछि, तपाईंले Duo Mobile app मार्फत multifactor पुष्टीकरण चाहिने विश्वविद्यालयको प्रणालीहरूमा लग ईन गर्न नसक्नुहुन सक्छ । तपाईंले ब्याकअप passcode हरू वा Duo को चाबीमा झुण्ड्याउने key fob चलाउनुपर्ने हुनसक्छ ।
मैले मेरो app को संस्करण कसरी हेर्न सक्छु ?
- आफ्नो मोबाईलमा Duo Mobile app खोल्नुहोस्
- माथिल्लो देब्रे कुनामा रहेको menu icon (तीनवटा तेसो धर्काहरू) मा थिच्नुहोस्
- App को संस्करण नम्बर तल्लो देब्रे कुनामा देखिन्छ
- यदि त्यहाँ 4.85.0 भन्दा पुरानो संस्करण देखिन्छ भने, अब अपडेट गर्नुहोस्
नोट: संस्करण नम्बरहरू अचम्मका हुन सक्छन् । उदाहरणको लागि संस्करण 4.104.0 संस्करण 4.85.0 भन्दा नयाँ हुन्छ, अगाडिको अङ्क उस्तै देखिए पनि ।
के मैले मेरो हालको फोन चलाईराख्न पाउँछु ?
Duo Mobile app को आवश्यकता पूरा गर्न सकुञ्जेल तपाईंले आफ्नो फोन चलाउन सक्नुहुन्छ ।
मैले app अपडेट गरेपछि के गर्नुपर्दछ ?
केही पनि पर्दैन । तपाईं तयार हुनुहुन्छ ।
